क्याम्पस जाँदै गरेकी किशोरी बलात्कृत, प्रतिकार गर्दा हात भाँचियो

सप्तरी । सप्तरीमा विद्यालय जाँदै गरेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका– १ का १९ वर्षीय अकलेशकुमार मण्डल रहेका छन् ।

बुधबार बिहान करिब ५ः४५ बजेको समयमा विद्यालय गइरहेकी १७ वर्षीया किशोरीलाई ती किशोरले सप्तरीको विष्णुपुर गाउँपालिका– ७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी क्षेत्रमा बलात्कार गरेको आरोप छ ।

बलात्कारको प्रतिकार गर्ने क्रममा किशोरीको बायाँहात भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोटको नीलडामसमेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।कक्षा ११ मा पढ्ने किशोरीकै जाहेरीका आधारमा आरोपी मण्डललाई पक्राउ गरिएको छ । उनीमाथि बिहीबार सप्तरी जिल्ला अदालतबाट १० दिनको अनुमति लिएर थप अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार