काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनै पूर्णिमा र गाइजात्रा पर्वको अवसरमा शुभकामना दिएका छन् ।
सोमबार शुभकामना सन्देश जारी गरेर सभापति देउवाले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो ।’
‘यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वह! छन्’, देउवाले भने ।
‘यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ’, सभापति देउवाले भने ।
उनले भने, ‘नेपालीहरूको मौलिक सांस्कृतिक पर्वहरू जनै पूर्णिमा र गाइजात्रा पर्व पनि महत्वपूर्ण पर्वहरू हुन् ।’
‘लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन्’, सभापति देउवाले भनेका छन् ।
‘सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरूका लागि पनि यस्ता पर्वहरूलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो ।’
‘जनै पूर्णिमा र गाइजात्राका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भने ।