सामाजिक र सांस्कृतिक सम्बन्धले नेपाल–भारत सम्बन्धलाई अटुट राख्छ : मुख्यमन्त्री सिंह

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीमाले नेपाल र भारतबीचको सम्बन्धलाई छेकवार गर्न नसक्ने बताएका छन् ।

आइतबार नेपाल फाउन्डेशनले जनकपुरधाममा आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक एकदिने कार्यशालामा बोल्दै मुख्यमन्त्री सिंहले राजनीतिक रुपमा दुई देशबीचको सम्बन्धमा उतार चढाव आएपनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमाले रोक्न नसक्ने बताएका छन् । सम्बन्धलाई अझ बढि सुदृढ र सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाए । ’समतामुलक समाजले मात्र मुलुकको प्रगती हुनसक्छ,’ उनको कथन थियो ।

त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले अहिले सुशासन र विकासको युग सुरु भएकोले दुवै देशले त्यस तर्फ काम थाल्नुपर्ने बताइन् । उनले असमानता, विभेदिकरणको विरुद्ध नेपालको नेतृत्व वर्गले पनि गम्भीरता पूर्वक काम गर्नुपर्ने सुझाए ।

उनले दुई देशबीच राम्रो सम्बन्ध खोज्नेलाई यहाँ ’भारतीय दलाल’ भन्ने गरिएकोमा दुःख व्यक्त गरिन । उनले भारत विश्वस्तरमा आफ्नो स्थान बलियो बनाउन लागेको र त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने चर्चा गरे । कार्यक्रममा सहभागीहरुले दुई देशबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार