काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएका छन् । आज यी दुई दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका हुन् ।
मधेशमा जसपा नोपलको नेतृत्वमा सरकार छ । हाल जसपा नेपाल विभाजन भएसँगै त्यस्को असर प्रदेशमा पनि देखिएको हो । यादव नेतृत्वको सरकारमा एमालेका ४ जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।
एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने शारदा थापा राज्यमन्त्री छन् । त्यसैगरी माओवादीबाट दुईजना मन्त्री छन्।
युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री छन् भने मुख्यमन्त्री यादवले संसदीय दलका नेता भरप्रसाद साहलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए। अर्थमन्त्रालयमा अडान लिएका साहले भने वन मन्त्रालय स्वीकार गरेका थिएनन्।
मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढालेर अब नेकपा एमाले, माओवादी, अशोक राई नेतृत्वको जसपा, जनमत र लोसपा पार्टीको संयुक्त सरकार बनाउने तयारी छ। मधेस प्रदेशमा सरकार निर्माणका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ।
प्रदेशसभामा एमालेका २५, माओवादीका ९, जनमत पार्टीका १३, लोसपाका ८ जना सांसद छन। विभाजित भएको जसपामा भने अहिलेसम्म कोही खुलेका छैनन्।