सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं साधारण सभा सफलतापुर्वक सम्पन्न भएको छ ।
सिरहाकाे लहानस्थित मखन भाेग स्वीट होटेलमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहा अध्यक्ष मनाेज बनैताको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एव सचिव दिपेन्द्र चाैहानको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केपी लामीछाने र नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम वनजाराको आतिथ्यमा साधारण सभा सम्पन्न भएकाे हाे ।
बुधवार आयाेजित कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले शुभकामना मन्त्वय दिदै समाजमा हुने राम्रा र नराम्रा पक्षको उजागर गर्ने असल पत्रकार हाे । जाे गरिव र दुखिया पक्ष नबाेल्ने र प्रहरी प्रशासन लगायतका तस्करहरुसंग हैसियत बनाउने चियापान खानेहरु पत्रकार हाेईन । अवाज विहिन जनताकाे बाेली बनिदिने मात्र पत्रकार हाे । पत्रकारले सही रुपमा कलम चलाउन नसके झन विकृति मौलाउने आएकाे छ । पानीमा छानेर समाजलाई विसंगति मुक्त बनाउन संचारकर्मीका ठूलो भूमिका रहन्छ । त्यसकारण पत्रकार कतैको पनि पक्षमा नभइ सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनु पर्ने बताए।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासंचिव श्याम वनजाराले समाज परिवर्तनका संवाहक पत्रकार पनि भएको कारण जिम्मेवारी अनुसार कलम चनाउनु पर्ने बताए ।
कार्यक्रममा सचिव शिव दयाल यादवले सांगठानिक प्रतिबेदन पेस गरेका थिए, भने कोषाअध्यक्ष वीरेन्द्र नेपालले समेत आफ्ना भनाई राखेका थिए । सहभागी पत्रकारहरुलाई उपलब्ध गराइएको समय सीमाभित्र पत्रकारहरुले आ – आफ्ना जिज्ञासा राखेका थिए । पत्रकारहरुको जिज्ञासाहरुलाई प्रमुख अतिथि लगायतले जबाफ दिएका थिए ।
कार्यक्रमको समापन गर्दै शाखाका अध्यक्ष मनोज बनैताले सहभागी सबैलाई प्रेस लिखित टी शर्ट वितरण गराएका थिए ।