संसद् बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ । अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

मंगलबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठक सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफलका कारण ढिला गरी बसेको थियो । बैठकमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो ।

त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, अब बुधबार बस्ने गरी बैठक स्थगन गरिएको हो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार