एपीएफको गोदाममा भएको आगलागी घटना छानविन गर्न गृहद्वारा समिति गठन

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) को केन्द्रीय गोदाममा भएको आगलागीको घटना छानविन गर्न समिति गठन गरेको छ । उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठ रहेका छन् । समितिलाई १० दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन पेश गरिसक्न भनिएको छ ।

हलचोकस्थित एपीएफको केन्द्रीय गोदाममा हिजो (सोमबार) बेलुकीपख आगलागी भएको थियो । करिब साढे दुई घण्टापछिमात्रै आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट ठूलो मात्रामा लत्ताकपडासहित बन्दोबस्तीको सामन जलेर नष्ट भएको थियो । उक्त घटना छानविनका लागि एपीएफले पनि एआईजी वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार