हामीमाथि हजार प्रश्नहरु खडा छन्, एक-एक प्रश्नको जवाफ दिनुपर्ने आवश्यकता छः अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरुमाथि हजारौं प्रश्नहरु खडा रहेको बताएका छन् ।

आज (शनिबार) तिलक शर्मा ‘हिमाल’ द्वारा लिखित संस्मरण संग्रह ‘बन्द पर्खाल’ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले आफूहरुमाथि उठेको एक–एक प्रश्नको जवाफ दिन आवश्यक रहेको बताएका हुन् ।

तिलक शर्माको पुस्तक चर्चा गर्दै उनले भने, ‘हामीलाई आज प्रश्न सोधिएको छ । हामीप्रति हजार प्रश्नहरु खडा छन् । हामीले त्यसको एक–एक उत्तर दिनुपर्ने आवश्यकता छ ।’

साथै, विचारको शून्यताले देश पूरै अराजकतातर्फ अगाडि बढेको उनको भनाइ छ । प्रतिनिधि सभामा सांसदहरुले प्रयोग गर्ने शब्दमा समेत उनले आपत्ति जनाए । लोकतन्त्रको आत्मा मानिएका सांसदहरुले नै प्रभावकारी शब्द चयन नगरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार