लाइसेन्सका लागि अन्य जिल्ला धाउने अवस्थाको अन्त : मुख्यमन्त्री यादव

कलैया । सवारी चालक अनुमतीपत्र र गाडी नविकरण गर्न बाहिरी जिल्ला जान पर्ने अवस्थाको अन्त भएको मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन् ।

शनिबार बाराको कलैया स्थित वर्षा ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गर्दे उनले उक्त कुरा बताएका हुन । सो अवसरमा उनले भने, ‘मेरो नेतृत्वमा आएको सरकारले अहिलेसम्म बारा, रौतहट र सर्लाही जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएको र भोलिको दिनमा मधेस प्रदेशको हरेक जिल्लामा बिस्तार गर्ने योजना छ ।’

सो अवसरमा उनले लाइसेन्स र बुलुबुकमा रहेको सेन्टिगेट अन्त गरेको समेत बताएका थिए । साथै उनले चैतसम्म सम्पूर्ण गाडी नविकरण गर्दा जरिवाना नलाग्ने भएकोले चैत महिना भित्र म्याद सकिएका गाडीको नविकरण गर्न समेत आग्रह गरे ।उक्त कार्यक्रममा जिल्ला समन्वय समिती बाराका सभापति नरेन्द्र साह, कलैया अस्पतालका अध्यक्ष प्रकाश चौगाइ, लगाएतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार