कांग्रेसलाई एमालेसँग मिलेर देखाउन प्रधानमन्त्री दाहालको चुनौती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसलाई एमालेसँग मिलेर देखाउन चुनौती दिएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस–एमाले मिले तपाईँको हालत के हुन्छ ? भनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए।

जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर सरकार बनाएर देखाउन काँग्रेसलाई चुनौती दिएका हुन्।

उनले कांग्रेस एमालेसँग मिल्छ भनेर आफूलाई दबाबमा पार्ने भ्रम नपाल्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराए। ‘देउवा एमालेसँग बोल्नुस्, म भन्छु–बोली फर्काउनुस् र बनाउनुस् सहकार्य दुई दलको’ भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आफू त्यसबाट दबाबमा नपर्ने पनि बताए।

उनले कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको र आफूले गृहमन्त्री बनाउँदा विरोध गरेर दोहोरो चरित्र देखाएको आरोप पनि लगाए।

प्रधानमन्त्री दाहालले देशलाई बृहत्तर हितका लागि एमालेसहितको नयाँ गठबन्धन आफूले बनाएको पनि सुनाए।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार