काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार केन्द्रीय समितिको बैठकलले यस्तो निर्णय गरेको हो ।
‘सरकारलाई समर्थन दिँदैनौँ । प्रतिपक्षमा बस्छौँ,’ बैठकको निर्णयमा भनिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा भने नाउपाले विभिन्न दलहरूसँग संवाद-सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।