काठमाडौं । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका तत्कालिन सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । घुस र अवैध सम्पत्ति आर्जनसम्बन्धि दुई वटा मुद्दा दायर भएकोमा दुवैमा उनले आइतबार बिशेष अदालतबाट सफाइ पाएका हुन् ।
जिल्ल वन कार्यालय, रसुवामा कार्यरत रहँदा उनले रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै चिनियाँसँग ७० लाख रुपैयाँ लिएका थिए । त्यसमध्ये ४० लाख उनका छोरा नवीन मिश्रको खातामा भेटिएको थियो । रसुवा ट्रेकिङका प्रोपाइटर लाक्पा ग्याल्जेनले २५ लाख लिएका थिए । तीनै जनालाई अख्तियारले प्रतिवादी बनाएकोमा सफाइ पाएका छन् ।
त्यस्तै, ७२ लाख ५२ हजार चार सय ८० रुपैयाँ अकुत आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो । यसमा पनि उनले सफाइ पाएका छन् ।