लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले बुद्धभूमि लुम्बिनीमा गर्न लागेको शिखर सम्मेलन स्थगित गरेको छ।
मंगलबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले २८ र २९ फागुनमा गर्न लागिएको लौरेट्स एन्ड लिडर शिखर सम्मेलन स्थगित गरेको हो।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणवश स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए।