काठमाडौं । प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सम्मिलित गठबन्धनलाई निरन्तरता दिन नचाहेका कारण सत्ता समीकरण फेरिएको छ। एमाले, रास्वपालगायत दल एक ठाउँमा आउँदा नयाँ बनेको गठबन्धन २०७९ पुस १० मा फर्किएको छ।
नेकपा विभाजनपछि २०७९ पुस १० गते नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड एकै ठाउँमा उभिएका थिए। नकपा चाइटिदाको विवादलाई भुलेर ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएका थिए। २०७९ मंसिर ४ को निर्वाचनमा वाम गठबन्धन नगरेर प्रचण्ड कांग्रेसँग नजिक भएका थिए। निर्वाचनमा एमालेलाई कमजोर तुल्याउन प्रचण्डको अहम भूमिका छ।
ऐन मौकामा धोका दिएका प्रचण्डलाई यतिबेला कांग्रेससँगको गठबन्धन टुटाएर ओली प्रधानमन्त्रीमा स्वीकार्न तयार भएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमलाई आश्चार्यको रूपमा हेरिएको छ।
कांग्रेस गठबन्धनका पक्षमा रहे पनि पुरानो गठबन्धनसँग सहमति भए बमोजिक एक वर्ष समय अगावै प्रचण्ड ओलीको सहारामा नयाँ गठबन्धनको पक्षमा उभिएका छन्।
अझ यस्तो दुस्मनीमा ओलीले दाहाललाई गरेको सहयोग आश्चर्यलाग्दो छ। चुनावपछि दाहाललाई प्रधानमन्त्री दिने ‘जेन्टलमेन’ समहतिबाट कांग्रेस सभापति शेरबहादुर पछि हटेको अवस्थामा ओलीले साथ दिए। दाहालको संकटमा उनी साथमा उभिए।
माओवादी नेपाली राजनीतिमा तेस्रो शक्ति हो। तेस्रो शक्ति भएकै कारण बहुमतको सरकारका लागि उ एमाले वा कांग्रेसका लागि निर्णायक भूमिकामा हुन्छ। त्यसैको फाइदा माओवादीले उठाउँदै आएको छ।
कहिले एमालेलाई धोका दिएर आफू सत्तामा टिकिरहन माहिर प्रचण्ड कहिले कांग्रेसलाई धोका दिएर सत्ताको नेतृत्व गरिरहेका छन्। प्रचण्ड राजनीतिमा अस्थिरता सिर्जना गरेर आफूलाई राजनीतिको केन्द्र भागमा राख्न सफल भएका छन्। उनको अस्थिर राजनीतिको मोहडा देउवा र ओली बन्दै आएका छन्।
२०७९ पुस १० गते प्रचण्डले धोका दिँदा १५ दिनपछि (पुस २५) मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर उनको मन जितेका थिए। त्यसपछि प्रचण्ड कांग्रेसतर्फ ढल्किएका थिए। सोही कारण प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन तयार भए। एमालेबाट राष्ट्रपतिका उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङलाई हराउन दाहालकै भूमिका छ।
कांग्रेसलाई राष्ट्रपतिमा सघाएपछि एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो। चैत ६ गते दाहालले फेरि सदनबाट विश्वासको मत लिए। त्यसपछि फेरि ओली-प्रचण्ड एक अर्काका कटु आलोचक बने। प्रचण्डले उक्त समयमा कांग्रेससँग गठबन्धन गरेर सरकार चलाउन कम्फर्ट हुनेगरेको बताएका थिए।
प्रचण्डले २१ फागुनमा पुन: कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग साइनो गाँसेका छन्। जसमा उनले रास्वपा, नेकपा एसलगायत दलको साथ खोजिरहेका छन्। यतिबेला कांग्रेस–एमाले प्रचण्डको स्वार्थगत राजनीतिका गोटी सावित भएका छन्।
संसद्मा ३२ सिटको हैसियतमा रहेको मोआवादीले ८९ सिटको कांग्रेस र ७७ सिटको एमालेलाई आफ्नो अनुकलतामा प्रयोग गरिरहेका छन्। कांग्रेस-एमालेले एक अर्कालाई मुख्य प्रतिस्पर्धीका रूपमा लिने प्रवृ्त्तिको विकास हुँदा त्यसको प्रत्यक्ष फाइदा माओवादीले लिइरहेको हो।
प्रचण्ड सत्तामा टिकिरन र आफूलाई शक्ति केन्द्रमा राख्न जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने व्यक्तिमा पर्छन्। सरकारबाट बाहिरिँदा प्रचण्डले पार्टीको भविश्य नै संकटग्रस्थ हुने देखेकाले पनि मुलुकमा अस्थिरता सिर्जना गरेर कहिले एमाले त कहिले कांग्रेसको बुई चढेर आफू शक्ति केन्द्रमा स्थापित हुन सफल भएका छन्।
सोमबारमात्रै एउटा कार्यक्रममा आफू बाँचुञ्जेल देशमा उथलपुथल भइरहने भएका थिए। यसले उनी अस्थिरतामा रमाइरहेको र अस्थिरता पैदा गर्न खोजिरहने मुख्य खेलाडि भएको प्रस्ट हुन्छ। यसले उनी नेपालमा स्थीर राजनीति भएको हेर्न चाहँदैनन् भन्ने देखाएको छ
यतिबेला प्रचण्डले राम्रैसँग चलिरहेको कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने खास कारण छैन। तर, प्रचण्डले कांग्रेसबाट मन्त्री बनेकाहरूले आफूलाई असहयोग गरेको, कांग्रेस महासमिति बैठकबाट २०८४ मा अन्य दलसँग गठबन्धन नगर्ने विधान पारित गरेकोलगायत विषयलाई देखाएर गठबन्धनको भविश्य र औचित्य सकिएको बताएका छन्। यसरी अनपेक्षित रूपमा गठबन्धन टुट्दा धेरैलाई आश्चार्यचकित तुल्याएको छ।
अस्थिर राजनीतिप्रति असन्तुष्ट रहेका जनतामा पछिल्लो राजनीतिक घटनाक्रमले पक्कै पनि अस्थिरता पैदा गर्ने छ। यसको असर केन्द्रदेखि प्रदेश सरकारसम्म नै पर्ने भएकाले पनि राजनीति फेरि एक पटक तरताको अवस्थामा पुगेको छ।