चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न सबैमा हार्दिक निमन्त्रणा गरेकी छन् ।
नारायणी किनारमा सञ्चालित भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै भरतपुर आफैमा जिवन्त सङ्ग्रहालको रुपमा रहेकोले घुम्न आमन्त्रण गरेकी हुन् ।
मेयर दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘ अनुपम सुन्दरतायुक्त यस पवित्रभूमि सुन्दर छ । सबै प्राकृतिक संस्कृतिक धार्मिक विविधताहरुले भरिपूर्ण छ । आवश्यक पूर्वाधारहरु तयार गरिरहेका छौं । अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म घुम्न सकिन्छ ।’ उनले दुर्लभ पाटेबाघ र एक सिंगे गैँडा प्रत्यक्ष हेर्ने व्यवस्था गरिएको बताइन् ।
मेयर दाहालले आफैमा जिवन्त सङ्ग्रहालयको रुपमा रहेको बताइन् । उनले बोलेर होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यतालाई आदर्शरुपमा आफूले अंगिकार गरेको विचार राखिन् । उनले भरतपुर भ्रमण वर्ष सुरुवाती अभियान भएको बताइन् । यसबाट आशपाशको क्षेत्रको समेत समृद्धि हुने विश्वास गरिन् । कार्यक्रममा उपमेयर चित्रसेन अधिकारीले स्वागत मन्तव्य राखेका छन् ।