खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा

काठमाडौँ । खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख पहिलोपटक कार्यान्वयनमा आएको हो ।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिमा लेख हस्तान्तरण गर्नुभयो । विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक रहेका छन् । प्रत्येकको सात लाख रुपियाँ बराबरको बिमा गरिएको छ । बिमाको अवधि एक सय ६३ दिन रहेको छ । उपचार गर्नुपर्ने अवस्थामा भने प्रत्येकले बिमित रकमको २५ प्रतिशत पाउनेछन् ।

नेपाल बिमा प्राधिकरणले खेललाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी तीन समूहमा वर्गीकरण गरी २०८० साल मङ्सिर १३ गते खेलकुद बिमा लेख जारी गरेको थियो । सदस्य सचिव घिसिङले २०७८ मङ्सिर १४ गते आफ्नो पदभार ग्रहण गर्ने क्रममा खेलाडीको हितलाई मध्यनजर गरी खेलकुद बिमालेख कार्यान्वयन गर्ने महत्त्वपूर्ण घोषणा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार