दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ।
काठमाडौँमा भएको भेटवार्तामा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनबारे छलफल भएको छ।
‘प्रधानमन्त्रीसँग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो’, मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अबस्थाबारे जाननकारी गराएको छु।’
सो अवसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राजधानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ। ‘प्रधानमन्त्रीले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको कुरा भएको छ’, मुख्यमन्त्री चौधरीले भने, ‘प्रधानमन्त्रीले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ।’
प्रदेश सरकार र सदनको आग्रहमा प्रधानमन्त्री १९ गते प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आउन लागेका हुन्। प्रधानमन्त्रीलाई भेट गर्न मुख्यमन्त्रीसहित सभामुख तुलाराम घर्तीमगर पनि साथमा गएका थिए। लुम्बिनीमा फागुन १८ गतेदेखि हिउँदे अधिवेशन सुरु हुँदै छ।