काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका अधिकृतसहित चार जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
फिल्डमा गरेको भन्दै धेरै देखाई भ्रष्टाचार अभियोग लागेका अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही र सबइन्जिनियर विनोद थापाले सफाइ पाएका हुन् ।
ठेकदार गणेश भण्डारीलाई पनि बिशेष अदालतले सफाइ दिएको छ । सडक निर्माणमा २१ लाख ४७ हजार भ्रष्टाचार गरेको अभियोग उनीहरुलाई थियो ।