डीआईजी खनालको निर्देशन – जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा कानुनी दायरामा ल्याउनू

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक (डीआईजी) बिकासराज खनालले जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा शुन्य सहनशिलताका साथ कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।

“जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव विरुद्ध” सचेतनामूलक फ्लेक्स हस्तान्तरण कार्यक्रममा बोल्दै डीआईजी खनालले सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुलाई सो निर्देशन दिएका हुन् ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव विरुद्ध काम सचेतनामुलक कार्यक्रमहरु गरिरहेको संस्था ‘आवाज’ ले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई सोमबार बिहान जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव विरुद्ध सचेतनामूलक फ्लेक्स हस्तान्तरण गरेको छ ।

जातीय तथा अन्य भेदभावका आधारमा हुन सक्ने कसुर र उक्त कसुर गरेमा हुनसक्ने सजाय र कानुनी सचेतना उल्लेख गरीएका ११ ओटा फ्लेक्स संस्थाका अध्यक्ष प्रकाश सुनार तथा अन्य पदाधिकारीहरुले डीआईजी खनाललाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

सो संस्थाले सहयोग गरेका जनचेतनामुलक सामग्रीले कार्यक्रमलाई थप उर्जा प्रदान भएको डीआईजी खनालको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्मा लगायत सिनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार