काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाललाई क्यानडाले जितको लागि २८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा विकेट गुमाएर २८५ रन बनाएको हो ।
पहिलो विकेटका लागि ओपनर आरोन जोनसन र नवनित डालिवालले ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठुलो साझेदारी हो । यसअघि एसिया कपमा भारतका रोहित शर्मा र शुभमन गीलले १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए ।
आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए । नवनितले ६० बलमा ८ चौका हान्दै ४६ रन बनाएर पेभेलियन फर्के । आकाशले डेब्यु विकेट लिए ।
अर्का ओपनर आरोन जोनसन ६५ रन बनाउँदा रन आउट भए । आरोनले ६२ बलमा १० चौका र २ छक्का हाने ।कप्तान रोहित पौडेलले ३२औँ ओभरमा दुई विकेट झारे । रोहितले ३२औँ ओभरको पाँचौं बलमा निकोलस किर्तनलाई २० रनमा आउट गराए । अब केही समयमा नेपाल क्यानडाविरुद्ध ब्याटिङमा उत्रने छ ।