काठमाडौं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको सदस्य सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन्।
नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुख रिक्त थियो । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको यही माघ २४ गते बसेको बैठकले देवकोटालाई सदस्य-सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा ४ को व्यवस्था अनुसार देवकोटालाई कार्यकारी प्रमुख नियुक्ति नभएसम्म बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएको बोर्डको सूचनामा उल्लेख छ ।
यस सँगै देवकोटा नेपाल पर्यटन बोर्डको पहिलो महिला सदस्य सचिव बनेकी छन्। उनी मार्च २३, २०२२ मा बोर्ड सदस्य भएकी थिइन् । उनी आर्थिक वर्ष २०८०-०८१ को बजेट संयोजक समेत रहेकी छन्।