काठमाडौं । जनमत पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले सरकार र सदनले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार र सदनले जनजीविकाका सवालमा कुनै काम गर्न नसकेको बताएका हुन् ।
हमास समूहले समातेको एक जना नेपालीलाई नेपाल फिर्ता गराउनसमेत नसकेको भन्दै उनले आक्रोश ब्यक्त गरे । साथै, सदनमा साना ठूला दल भनेर विभेद गरिएको उनको टिप्पणी छ । उनले दुई वटा सदन नैतिकताविहीन बनेको आरोप लगाए । अबको सदन नैतिकता विहीन नबनाउन उनले सुझाव दिए ।
‘हामी एकअर्कामाथि प्रश्न गर्ने यो कहाँको नैतिकता हो । नैतिकताविहीन अहिलेसम्मका दुई वटा सदन भयो । अबको सदन नैतिकताविहीन नहोस् म सुझाव दिन चाहन्छु,’– उनले भने ।