सरकारले अझै लय समात्न सकेको छैन : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा विश्वास गुम्दै गएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले अहिले अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताएका हुन् ।

उनले भने, ‘संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गरौँ, साना साना कामहरू गरौँ, त्यसले आम आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्छन्, टुटेको भरोसालाई जागृत गराउँछ, म १२-१३ दिन डुलेर आए अभियानको क्रममा, पहिले पनि हिँडेको थिए अहिले पनि डराएको छैन । तर कता कता मनभित्र चिन्ता लागेको छ एउटा भरोसा गुम्दै गइरहेको छ । मैले घुम्दै गर्दा अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको अवस्था छ। यो डरलाग्दो छ ।’

उनले जनतामा गुम्दै गइरहेका विश्वासलाई पुनर्स्थापित गर्नुपर्ने जिम्मेवारी सबैको भएको बताए । सरकारले कतिपय कमजोरीलाई स्वीकार गरेर नयाँ गर्ने संकल्प गरेपनि अझै लय भने समात्न नसकेको उनको भनाई छ ।

उनले थपे त्यसको सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले नै हो । सरकार सञ्चालन गर्ने कुरामा सरकारको नेतृत्व गर्नेले सबैलाई सँगै लिएर हिँड्नुपर्छ । प्रधानमन्त्रीको कतिपय कमजोरीलाई स्विकारेर नयाँ गर्ने संकल्प गर्नुभएको छ । प्रयास गर्ने खोजिएको छ तर लय समात्न सकेको छैन ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार