जनमतले संसद्मा प्रभावकारी भूमिका खेल्ने, सरकारबाट बाहिरिनेबारे भएन निर्णय

काठमाडौं । जनमत पार्टीले भोलिबाट सुरु हुने संसद् बैठकमा प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ ।

आइतबार नयाँ बानेश्वरमा बसेको पार्टीको सचिवालय बैठकले संसद्को हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट उठाउने मुद्दाको विषयमा छलफल भएको जनमतले जनाएको छ । पार्टी अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको बैठकमा मधेश प्रदेश प्रदेश सरकारबाट बाहिरिएको विषयमा पनि छलफल भएके थियो ।

यता केन्द्रीय सरकारमा रहिरहने की बाहिरिने भन्नेबारेमा भने ठोस निर्णय नभएको जनमतले जनाएको छ । संघीय सरकारमा जनमत पार्टी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । तर, सरकारको भूमिकालाई लिए जनमत असन्तुष्ट रहँदै आएको छ ।

जनमतले जुनसुके बेला सरकारबाट बाहिरिन सक्ने चेतावनी दिँदै आएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि जनमतले निर्णय गर्नु अगावै जनमतबाट मन्त्री रहेकी अनिता देवीलाई बर्खास्त गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार