काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि गरी दुई दिन चल्ने बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।
आजको बैठक दिउँसो १२ बजे संसद् भवनमा बस्दैछ। बैठक आइतबार पनि बस्नेछ’, गिरीको भनाइ छ । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।
संसद्को हिउँदे अधिवेशन यही सोमबारदेखि बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।