रवि लामिछानेले अझै अमेरिकी नागरिकता नत्यागेको महेश बस्नेतको आरोप

काठमाडौं । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागी नसकेको बताएका छन् । आज (शुक्रबार) चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले आफूलाई प्राप्त सूचनाअनुसार अमेरिकामा लामिछानेले सरकारलाई भुक्तानी गर्नुपर्ने दायित्व पाँच अर्बभन्दा बढी रहेको र उक्त दायित्व भुक्तानी गर्न नसक्दा नागरिकता त्याग्न नमिलेको बताएका हुन् ।

‘अमेरिकी दूतावास स्रोतका साथीहरु भन्छन्, नागरिकता त्यागेको छैन रे । आफ्ना दुईवटा बच्चा त्यही पढ्छन् । गर्लफेन्डको बच्चा पनि त्यही (अमेरिका) पढ्छन् । ती सबैका बच्चाहरुको जिम्मा लिएको छ रे ।’ उनले भने, ‘ती सबैका बच्चाको जिम्मा लिँदा अमेरिकी सरकारले हिसाब गर्दा पाँच अर्बभन्दा बढिको दायित्व सिर्जना भएको छ रे । अनि त्यो दायित्व पुरा नगरी नागरिकता त्याग्न दिन्न भनेको छ रे अमेरिकी सरकारले ।’

साथै, सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले सरकारसमक्ष सरेन्डर गरेर कर्तुतहरु प्रमाणसहित भण्डाफोर गर्छु भनेपछि भारत पुगेर लामिछानेले भेटेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार