सिरहाका एसपी र सिडिओलाई हटाउँन राजनीतिक शक्तिको दुरुपयोग गर्दै माओवादीको नेताहरु

सिरहा । मिटरब्याजको धन्दामा कमाई खाने भाँडो बनाएका नेकपा माओवादी केन्द्र सिरहाका केही नेताहरुले सिरहाका एसपीलाई प्रहरी प्रधान कार्यालय र सिडिओलाई ३/४ दिनमै गृहमन्त्रालयमा तान्ने गरि दबाब दिइरहेको स्रोतले बताईएको छ ।

मिटरब्याजी मामिलामा सुदखोरहरुलाई कडाई गरेपछि सिरहाका प्रहरी प्रमुख टेकुनन्द लिम्बु र सिडिओ राजेन्द्रदेव पाण्डेलाई तान्न गृहमन्त्री नारायण काजी श्रेष्ठ निकट बिश्वनाथ साहले दबाब दिइरहेको छ । माओवादी नेतृत्वको सरकारमा माओवादी पार्टीकै गृहमन्त्री भएपछि सोही पार्टीका मिटरब्याजीहरुलाई संरक्षण गर्ने उदेश्यले दुवैलाई ३/४ दिनमै हटाउन कोसिस गरिएको छ ।

केही दिन अगाडी सिडिओ कार्यालयमै एक मिटरब्याजी पीडितबाट कुटिएपछि सिडिओलाई हटाउन माओवादीकै केही नेताहरु अर्जी लिएर गृहमन्त्रालय पुगेका थिए । मिटरब्याज मामिलामा गडबड गरेको भन्दै गृहमन्त्रालयले दुवैलाई ३/४ दिनमै तान्ने बताईएको छ ।

सिरहामा कैयौँ मिटरब्याजीहरु माओवादी निकट नेता कार्यकर्ता रहेको तथा दलाली गर्न समेत सोही पार्टीका केही कार्यकर्ता, नेपाली काँग्रेसका केही कार्यकर्ता, एमालेका केही कार्यकर्ताहरु सक्रिय रहेको अवस्थामा एसपी र सिडिओलाई हटाउँन राजनीतिक शक्तिको दुरुपयोग गरिरहेको छ ।

मिटरब्याज पीडित उन्मुक्तिको नाममा सिरहामा केही सँचारकर्मीहरु समेत कमाई खाने भाँडो बनाएको छ । मिटरब्याजकै मामिलामा प्रशासन आफू अनुकुल नभएको भन्दै केही नेताले उनीहरुलाई ३/४ दिनमै सरुवा गराउने बुझिएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार