मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरी विजयी भएका छन् ।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । ढुङ्गाना धनुषा र चौधरी पर्साकी हुन् ।

निर्वाचित ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुखरउपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुखरउपप्रमुखले मतदान गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा भएको मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुखरउपप्रमुखले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार