राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । बिहीबार सम्पन्न भएको निर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी हुन् ।

उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतले पराजित गरेकी छन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख दुवैथरिले मतदान गरेका थिए । आजै अन्य सबै प्रदेशहरुमा पनि मतदान भएको छ भने मत परिणाम आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार