काठमाडौं । सरकारले जापान सरकारबाट करिब ३१ अर्ब दुई करोड रुपैयाँ ऋण लिने तयारी थालेको छ । हिजो (मंगलबार) बसेको मन्त्रिषरिषद्को बैठकले अर्थमन्त्रालयको प्रश्तावमा जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (नेपाली रुपैयाँ ३१ अर्ब दुई करोड रुपैयाँ) बराबरको सहुलितयतपूर्ण ऋण सहायता सम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, अर्थमन्त्रालयकै प्रश्तावमा गत पुस मसान्तसम्म संकलन भएको राजश्व अनुपातको आधारमा तेस्रो आगामी चैत मसान्तसम्म संकलन हुने राजश्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।