आलु र प्याज लोड रहेको मिनी ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । आलु र प्याज लोड गरिएकोे मिनी ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल वीजकभन्दा बढी आलु र प्याज बोकेको मालबाहक मिनी ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट मकवानपुरतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका –९ मीना बजारस्थित सडकखण्डमा बा.प्र.०३–००१ ख ०३३२ नम्बरको मालवाहक मिनी ट्रकमा बिलवीजकभन्दा बढी आलु र प्याज लोडरहेको तथा सो बिलवीजक शंकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मिनीट्रक भित्र लोड रहेको आलु र प्याज अन्दाजी १ लाख २४ हजार ५ सय ६० रुपैयाँ बराबरको भएको र सोलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार