काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज (आइतबार) मन्त्रालयमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताएका हुन् ।
‘गोठाटारको जग्गा पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिनेनै छौँ । यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ । यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पुर्याउन पनि एउटा सानो समिति गठन गर्छौं,’– उनले भने ।