प्रहरी परिवारका (बुबा/आमा) जेष्ठ नागरिकहरुलाई सम्मान, नि:शुल्क स्वास्थ्य परीक्षण तथा भोजन कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी परिवारका ७० बर्ष देखि माथि (७० बर्ष कटेका) उमेर पुगेका (बुबा/आमा) जेष्ठ नागरिकहरुलाई सम्मान, नि:शुल्क स्वास्थ्य परीक्षण तथा भोजन कार्यक्रम नेपाल पुलिस हेल्थ क्लब, भृकुटीमण्डपको प्राङ्गण/सभाहलमा सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघकी महासचिव अनुश्री पाख्रीन, उपाध्यक्ष सिता ज्ञवाली, कोषाध्यक्ष कल्पना गिरि , कार्यक्रम सचिव शसन्ध्या जोशी, सल्लाहकार निलम कडायत, सह-कोषाध्यक्ष कमला खनाल, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारि, कार्यसमिति सदस्य प्रेक्ष्यमा गोंगल, संगिता लम्साल,चेतना चन्द शाही,अनिता ढकाल पौडेल र राधा खतिवडा पोखरेल, सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, जेष्ठ नागरिक बुबाआमाहरु र अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष लक्ष्मी कुँवरले देश र जनताको लागि एउटा सुयोग्य सन्तानलाई जन्म दिई देश र जनताको सेवामा अहोरात्र समर्पित गराउनु हुने महान बुबा आमालाई उहाँहरुको त्याग र तपस्याको कदर गर्दै प्रशंसा स्वरुप सम्मान कार्यक्रम र प्रहरी कर्मचारीहरु देश र जनताको सेवामा २४ सै घण्टा तल्लित रहदा ड्यूटीको कार्यब्यस्तताले आफ्नो बुबाआमाको हेरचाह तथा स्वास्थ्य उपचारमा उचित समय दिन नसक्दा उहाँहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई हृदयगमन गरी नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम समेत आयोजना गरिएको बताउनु भयो ।

उक्त कार्यक्रममा २५ (पच्चिस) जना जेष्ठ नागरिक बुबाआमाहरुलाई सम्मान गर्नुका साथै उपस्थित बुबाआमाहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको थियो भने कार्यक्रम समाप्त पश्चात भोजनको समेत व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार