काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन्।

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताए। उनले भने, ‘जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ।’
तत्काललाई अध्ययनको काम रोकिएको उनले बताए। जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले थपे, ‘आज हामी यहाँको अवस्था के हो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ।’
जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबिच आजै छलफल गरिने उनले बताए। पूर्वपश्चिम रेलमार्गको रेखाङ्कनको विषयमा आफूहरु छलफलका क्रममा रहेको सुनाउँदै विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उनले जनाए।
वास्तविकता के हो र यसबाहेकका विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल गरेर जनताको गुनासो सम्बोधन हुने उनले बताए।