महागढीमाई नगरपालिकाको पुरक नगरसभा सम्पन्न

बारा । महागढीमाई नगरपालिकाको पुरक नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम अनुसार २०८० साल असार ८ गते सम्पन्न सातौँ नगरसभाले पारित गरिएका योजना तथा कार्यक्रम कार्यन्वयन गर्दै विभिन्न प्रस्तावहरु पारित गरेको हो ।

पारित प्रस्तावमा बजेट संसोधन , चिडियाखाना व्यवस्थापन तथा संचालन आवश्यक ऎन नियम तथा कार्यविधी जस्तै विद्यालय सरसफाइ कार्यविधी २०८०, आर्थिक सहयता कार्यविधी २०८०, स्थानीय सीप संचालन व्यवस्थापन ऎन २०८०, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन ऎन २०८०, खानेपानी तथा सरसफाइ ऎन २०८०, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधी २०८०, लगाएतका ऎन नियमहरू रहेका छन् ।

त्यस्तै अघिल्लो वर्षमा अधुरा रहेका विभिन्न विकास निर्माणका काम र केही नयाँ योजनाको काम पनि अगाडि बढाउन सहमति भएको छ ।उक्त योजनामा जस्तै श्री गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापनको लागि बली मुअबजा बितरण, वडा १ को अधुरो वडाकार्यालय भवनको अपुग रकम, फोहोर व्यवस्थापनको लागी खरिद तथा निर्माण , नगरपालिका भवनको जग्गा खरिद, वडा ३ को वडाकार्यालय भवन निर्माणको लागि जग्गा खरिद, आँखा उपचार सेवा केन्द्र सञ्चालान तथा व्यवस्थापन, स्वास्थ चौकी बरियारपुरको जिर्ण अवस्थामा रहेको भवन भत्काउने सम्बन्धमा, गन्जभवानीपुरको मेला बजारको ठेका सम्बन्धमा र नगरपालिकाको थप बजेटको लागि लिजा र फ्रा सम्बन्धमा राखिएका प्रस्तावहरु समेत सर्वसम्मत पारित गरिएका छन् ।

महागढीमाई नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रम नगर प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको हो । उक्त सभामा वडाध्यक्ष कार्यपालिका सदस्य, नगरपालिका सदस्य, वडा सदस्य तथा नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय जैसवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार