काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । सत्ता गठबन्धनका दलहरूको संयुक्त बैठक सकिएलगत्तै माओवादीका पदाधिकारीहरूको छुट्टै बैठक बसेको हो ।
राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा निर्णय लिन बैठक बसेको हो । बैठकमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारबारे छलफल हुनेछ ।
बिहान भएको गठबन्धनको बैठकमा राष्ट्रिय सभाको सिटमा मोटामोटी सहमति भएको छ । जसअनुसार माओवादीको भागमा ६ सिट परेको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको मतदानका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित हुँदैछ । सोमबार मनोनयन दर्ताको कार्य तालिका छ ।