राष्ट्रिय सभाको सिट बाँडफाँट टुंगो लगाउँदै सत्ता गठबन्धन

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष निकाल्न सत्तारुढ दहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

यसअघि आजै विहान बसेको सत्ता साझेदार मुख्य चार दलका शीर्ष नेताबीचको छलफल निश्कर्षविहीन बनेको थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायत सत्ता गठबन्धनका शीर्ष नेताको सहभागिता रहेको बताइएको छ ।

विहान बसेको बैठक कुनै ठोस निश्कर्षमा पुग्न नसकेपछि आजै साँझ पहिलो चरणमा सत्ता गठबन्धनमा रहेका प्रमुख चार राजनीतिक दल र ५ बजे सत्ता गठबन्धनमा आबद्ध सबै दलको बैठक बसेर भागबाण्डा टुंग्गो लगाउने नेताहरुले बताएका थिए ।

विहान बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि साथै लिएर जाने विषयमा छलफल भएको थियो । हिजो बसेको एमाले सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

राष्ट्रियसभामा १९ स्थानका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार