सभापति देउवासँग भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता, के कुरा भयो ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

बिहिवार मात्रै काठमाडौं ओर्लिएका विदेशमन्त्री जयशंकरको व्यस्त कार्यतालिका छ । उनीहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी भोलि पुस २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

काठमाडौँ, १९ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

आजमात्रै काठमाडौं ओर्लिएका विदेशमन्त्री जयशंकरको व्यस्त कार्यतालिका छ । उनीहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी भोलि पुस २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार