जनतामा उत्साह छाएको माओवादी निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीनमहिने अभियानले पार्टीमा उत्साह ल्याएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन् ।

‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ । जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, अरु बेला पनि माओवादी आउँदा रहेछन् भन्ने भएको छ’, उनले भने, ‘बनेको ठाउँका संगठन चलायमान भएका छन्। नबनेका ठाउँमा संगठन बनेका छन् । पार्टीबाट पलालयन हुने कुरा रोकिएको छ। पार्टी प्रवेशको क्रम पनि बढेको छ ।’

सापकोटाले यो अभियानले जनतामा आशा र उत्साह देखिएको बताए । ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ । जनता हामीतिर फर्किएका छन्। , उनले भने, ‘जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन् ।’ सापकोटाले अभियानका कारण सदस्यता नवीकरण प्रक्रिया तीव्र भएको पनि बताए ।

‘राष्ट्रियताका सवालमा हामीले जनतामाझ प्रष्ट कुरा राखेका छौँ । तीन महिने अभियानको उपलब्धि भनेको अन्तरविरोधहरू सतहमा आएका छन् । धेरै राम्रोसँग अन्तरविरोध पनि हल भएका छन्’, उनले भने, ‘कार्यकर्ताले विधानअनुसार चल्नुपर्छ भनेका छन् । कार्यविधिअनुसार चल्नुपर्छ भनेका छन्। आन्तरिक निर्देशनहरू माथिबाट पालना गर्नुपर्छ भन्ने कुरा आएको छ। मूल्यांकनको आधार धेरै राम्रो बनेको छ ।’

अभियानका क्रममा जनताले भ्रष्टाचारविरोधी अभियानलाई तीव्र बनाउन सुझाव दिएको पनि सापकोटाले बताए। ‘भ्रष्टाचारविरोधी अभियान गम्भीरतापूर्वक चलाउनुपर्छ भनेका छन् । संस्कार र संस्कृतिप्रति माओवादीको जुन सुझबुझ थियो, त्यसमा उदाशीन भएको हो कि भन्ने भएको छ’, उनले भने । उनले प्रथम दृष्टिमै त्रुटि रहेको जिकिर गरे । तर यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको उनले बताए । यद्यपि यो घटना स्वाभाविक मान्न नसक्ने उनको निष्कर्ष छ ।

‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ’, उनले भने, ‘जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ।’शुक्रवार ललितपुरको बालकुमारीमा (इपिएस) प्रहरीको गोली लागेर २ जना युवाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार