रौतहटमा लाखौं मूल्यको भन्सार छलीको सामान बरामद

मधेश । रौतहट । रौतहटमा लाखौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ । शनिवार बेलुका गौर नग्पालिका वडा नं ४ स्थित बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा किराना सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार चेकजाँच गर्ने क्रममा आवश्यक कागजातपत्र नभएका भारतीय नम्बर पलेटको मोटरसाईकल थान–१ र अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका किराना सर समानहरु प्रहरीले बरामद गरेको हो ।

करिब एक लाख ब्यालिस हजार मूल्य बराबरको उक्त सामान भएको उनले जनाइन् । बरामद गरिएको सर सामान कार्यवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत अस्थाई प्रहरी पोष्ट बसपार्क र महादेवपट्टी रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकजाँच टोलीले उक्त सामान बरामद गरेको उनले बताइन् । पछिल्लो समय रौतहट प्रहरीले भन्सार छलीको सरसामानहरु धमाधम पक्राउ गर्न थालेको हो ।

शनिवारमात्रै रौतहट प्रहरीले भारतबाट अबैध रुपमा ल्याइरहेको एक लाख नौ सय चालिस रुपैयाँ बराबरको किराना, लत्ताकपडा र प्याज बरामद थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार