लहान । सप्तरीको बलान विहुल गाउँपालिका वडा नं.३ स्थित अधुरो बर्थिङ्ग सेन्टरको भवन निर्माणमा पूर्ण भुक्तानी गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
स्थानीयले गरेको उजुरीका आधारमा अख्तियारले छानविन सुरु गरेसँगै ३ वर्षपछि बर्थिङ्ग सेन्टर निर्माणका लागि पुनः कार्य सुरु गराइएको हो । छानविनमा पर्ने त्रासले तत्कालिन गाउँपालिकाका निमित्त प्रमुख मो.नसिम राइन र लेखापाल कमलेश कुमार साहले धमाधम बर्थिङ्ग सेन्टर निर्माण कार्य गराइरहेको स्थानीयले बताए ।
लेखापाल साह हाल पनि सोही ठाउमा कार्यरत छन । दुवैको मिलोमतोमा गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ बाट संघिय विशेष समानुनिकरण अन्तर्गतको बजेट रकमको रु. ५० लाखमा निर्माण कार्य भएको थियो ।
ठेक्का प्रकियाबाट शयामा कन्स्ट्रक्सनले निर्माण गरेको उक्त बर्थिङ्ग सेन्टर निर्माणमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको हो । बर्थिङ्ग सेन्टर निर्माणमा वास्तविक कामभन्दा बढी नापी किताब देखाई भुक्तानी दिइएको थियो ।
सो विषयमा अख्तियारले छानविन थालेपछि कार्वाही हुनबाट बच्न तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत राईन र लेखापाल साहले धमाधम बर्थिङ्ग सेन्टरको अधुरो कार्य गराइरहेका एक स्थानीय प्रत्यक्क्ष दर्सीले बताए, उनले थपे तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत राईन र हाल बलान विहुल गाउँपालिकामा कार्यरत लेखापाल साहले दिनभरी स्थलगत मै बसी उक्त कार्य गराईरहेका छन्।
सो बर्थिङ्ग सेन्टरमा कार्य गरि रहेका मिस्त्रीले भने डाक्टर नसिम राईनलाई अख्तियार लाग्यो, उनले नै रू ८ लाख बराबरको कार्य गर्न हामीलाई दिएको उनले भन्नुभयो, अख्तियारका टोली स्थलगत निरिक्षणका लागि जुनसुकै वेला आउन सक्ने भएकोले कामको हतार रहेकोले डिस्टर्व नर्गन मिस्त्रीले आग्रह गरे ।
उक्त बथिङ्ग सेन्टरमा हाल भईरहेका कार्य छतमा इटाँको रेलिङ्ग सहितको प्लास्टर, रंगरोगन, धारा वेसिङ्ग, विजुलीको तार वारिङ्ग, वत्ती, पंखा, टायल्स लगाईतका कार्य गरि रहेका छन् । यी सबै कार्यको भुक्तानी आ.व.०७७÷०७८ मा नै भईसकेका छन् ।
सो विषयमा त्यहाँका स्थानीय बासिन्दाले बारम्बार सम्बन्धित निकायमा ताकेता गरिरहदा पनि कसैले चासो राखेका थिएन ।
उता बलान विहुल गाउँपालिका वडा नं.–३ का वडाअध्यक्ष राजकिसोर यादबले भईरहेका निर्माण कार्यको बिषयमा आफुलाइ कुनै जानकारी न रहेकोे बताए । उक्त बिषयमा बलान विहुल गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहले योजना शाखा र लेखा शाखासँग सोधेर प्रतिक्रिया दिने बताए । तर, त्यसपछि फोन गर्दा पनि फोन उठेन ।