सरकारले कृषि मन्त्रालयलाई बजेट दिन कन्जुस्याँइ गर्‍यो: सभापति देउवा

काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले सरकारले कृषि क्षेत्रलाई प्रर्याप्त बजेट दिन आनाकानी गरेको बताएकी छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले सरकारले कृषिलाई ध्यान दिन नसकेको बताएकी हुन् ।

उनले भनिन् ‘रेमिट्यान्सपछि सरकारलाई सबैभन्दा धेरै राजस्व कृषि क्षेत्रबाटै आएको छ । तर सरकारले बजेटमा भने कन्ज्स्याँई गर्यो । जम्मा ३ प्रतिशत बजेट कृषिलाई छुट्याउँदा जवकी शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयलाई ६(७ प्रतिशत बजेट दिएको छ । कृषिलाई पनि कम्तिमा डबल बजेट हुनुपर्छ’ ।

उनले कृषिमा नयाँनयाँ प्रविधि र ल्यापहरुको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताइन् । उनले सीमा नाकाबाट अवैधरुपमा माछालगायतका बस्तुहरुको खुल्लारुपमा पैठारी हुने गरेको भन्दै यसतर्फ सरकार सचेत हुनेपर्ने बताइन् ।

सभापति देउवाले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन निर्देशन गर्ने बताइन् । उनले नेपालको १० लाख हेक्टर जमिनमा अहिलेसम्म पनि बाँझो रहेकाले बाँझो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने मापदण्ड सरकारले तयार बनाउनुपर्नेमा जोड दिईन् ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार