काठमाडौं । गृह मन्त्रालयले ललितपुरको बालकुकमारीमा प्रहरीको गोली लागी दुई जना युवाको ज्यान गएको घटना र त्यहाँ प्रदर्शनलगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयल् तीन सदस्यीय समिति गठन गरेको छ ।
उपप्रधानामन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उक्त घट्नाबारे छानबिन गर्नको लागि डीआइजी लाममणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।
उक्त छानबिन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई घट्नाको सत्य, तथ्य छानबिन गर्नको लागि एक साताको समय तोकिएको छ ।