काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । अहिले बिहान ११ बजेबाट सुरु हुने बैठकमा राष्ट्रियसभा निर्वाचन,पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशन सम्बन्धी छलफल हुने जनाइएको छ ।
त्यस्तै, ठकमा पार्टी संगठनको अवस्था, आन्तरिक विवाद लगायतका विषयमा छलफल हुनेछ । बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको छनोटका लागि मापदण्ड तय गर्ने छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्ने तयारी छ ।
यसअघि बसेको पार्टीको ७०औँ केन्द्रीय सचिवालय बैठकले पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
उक्त बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय सँग मस्यौदाको धारा उपधारामाथि थप छलफल आवश्यक देखेपछि केन्द्रीय कमिटी बैठकबाट निर्णय लिने तयारी गरिएको छ ।