लहान सिटी जेसिजको २२औं साधारण सभा तथा अधिवेशन सम्पन्न अध्यक्षमा उमेश यादव निर्वाचित

लहान । लहान सिटी जेसिजको २२ (औं) बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट लहान सिटि जेसिजको अध्यक्षमा उमेश कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

मंगलवार सम्पन्न अधिवेशनबाट बर्ष २०२४ का लागि प्याब्सन सिरहाका बरिष्ठ उपाध्यक्ष तथा लहान नगरपालिका शिक्षा समितिका सदस्य (शिक्षकर्मी) उमेश कुमार यादव निर्विरोध चयन भएको निर्वाचन अधिकृत कुमु चौधरीले जानकारी दिनुभयो ।

कार्यकारणी उपाध्यक्षमा बमचन्द्र चौधरी, नित्यानन्द साह, तालिम निर्देशकमा खुश्बु जयसवाल, जनसम्पर्क अधिकारीमा उपेन्द्र यादव, उपाध्यक्षमा अंकित सारडा, शिवानन्द चौधरी, सैगेन्द्र साह र प्रदिप यादव निर्विरोध चयन भएका छन् । यसैबिच मनोनित पादहरु मध्ये कानुनी सल्लाहकारमा उमेश कुमार साह, महासचिवमा देबनलाल ठाकुर मनोनित भएका छन् ।

वर्ष २०२३ का अध्यक्ष फिरोज शेखको अध्यक्षतामा संचालित कार्यक्रममा लहान सिटी जेसिसका संस्थापक अध्यक्ष बसन्त साहको प्रमुख आतिथ्य रहेको थियो भने जेसिजका पुर्व अध्यक्षहरुको विशिष्ट आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो ।

वर्ष २०२४ को पदाधिकारीहरु :-

जेसी उमेश कुमार यादव – अध्यक्ष
जेसी बमचन्द्र चाैधरी -कार्यकारिणी उपाध्यक्ष
जेसी नित्यानन्द साह – कार्यकारिणी उपाध्यक्ष
जेसी उमेश कुमार साह -कानुनी सल्लाहकार
जेसी देवनलाल ठाकुर -महासचिव
जेसी प्रिती साह -काेषाध्यक्ष
जेसी खुश्वु जैसवाल – तालिम निर्देशक
जेसी उपेन्द्र प्रसाद यादव – जनसम्पर्क अधिकारी
जेसी अंकित शारदा – उपाध्यक्ष
जेसी शिवानन्द चाैधरी – उपाध्यक्ष
जेसी प्रदिप यादव -उपाध्यक्ष
जेसी साईगेन्द्र शाह -उपाध्यक्ष
जेसी सराेज ठाकुर – सचिव

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार