जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले तीन–चार दिनभित्रै जनकपुुरधाममा निर्माण गरिएको रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।
![](https://risingmadhesh.com/wp-content/uploads/2023/12/screenshot_20231220_1111596718310258651964522.jpg)
उनले सामाजिक संजालमा आइरहेका विभिन्न किसिमको प्रतिक्रियाको जवाफ दिँदै तीन–चार दिनभित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने र यसमा सबैलाई ढुक्क हुन आग्रह गरे । उनले सामाजिक संजालमाफर्त नै विज्ञप्ती जारी गर्दै केही आत्मरति निजी प्रयोजन प्राप्तीको कुन्ठा राख्ने वर्गदेखि हामी सचेत रहन आग्रह गर्दै जुन अभिप्रायले प्रतिमा निमार्ण गरियो त्यो अवश्य नै पूरा हुने बताए ।
उनले लेखेका छन्, ‘जनकपुरधामले यसपालि फरक किसिमले आत्मीयता देखायो फरक किसिमले आफ्नो इतिहास आफ्नो स्वाभिमान आफ्नो परिचयलाई विश्वजगतमा फैलायो इतिहास रच्यो हामी केवल वहाँहरूको साथमा साथ यो यात्रामा कदम नडगमगाई अगाडि बढ्याँै र रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा यहाँहरू ढुक्क हुनुहुन अनुरोध छ तिन–चार दिनभित्र यो प्रकाशन गरिने जानकारी अनुरोधसमेत छ ।’
अध्यक्ष महासेठले यसबाट कुण्ठित भएका केही व्यक्तिले सामाजिक सन्जालमा अनर्गल प्रचारप्रसार गर्नुलाई अन्यथा नलिएको बताउँदै काम गरेको हरेक चिज जनताको बीचमा राख्ने प्रतिवद्धतासमेत जनाएका छन् । महासेठले प्रयोग गरिएको अन्नको संरक्षण गर्ने दायित्व सरोकारवालाले नै लिएको र यसमा साथ सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूको नामावली रकम अन्नको यकिन परिमाण त्यहाँ चढाइएको जिन्सीलगायत सबैको फेहरिस्त रहेको त्यो सबै सार्वजनिक गरिने बताएका छन् ।
उनले जनकपुरधामको परिचयमा नयाँ अध्याय थपिन गइरहेकोमा यस अभियानमा साथ दिने सम्पूर्ण नगरवासीका साथै सम्पूर्ण निकायहरूलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।