राप्रपा केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आज सकिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आइतबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार समूहगत छलफल भएको थियो । आजको बैठकमा यसअघिका बैठकमा पेश भएका प्रतिवेदन पारित गर्नुका साथै निर्णयसमेत गरिदैछ ।

हिजोको बैठकमा प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धी कार्य योजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सात वटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको हो। समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश भएको छ।

समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल, भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल भईरहेको छ ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार