काठमाडौं उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाभित्रका पालिकाहरुको विकास एकै पटक हुनुपर्ने बताए बताएका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उपत्यकाको सुन्दरता बढाउन यहाँ रहेका सबै पालिकाहरुको एक पटक विकास हुन आवश्यक रहेको बताएका हुन् । उनले उपत्यकाभित्रका नगरहरुको विकास एकै पटक गर्न संघीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए ।

‘काठमाडौं एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाडौं उपत्यका बाहिरका मानिसहरुलाई काठमाडौं उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आएपनि काठमाडौंजस्तो लाग्छ, काठमाडौं गएपनि ललितपुरजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ,’– बालेनले भने ।

कोही पहिलो, दोस्रो, तेस्रो भन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्ने उनको भनाइ थियो । साथै, उनले सङ्घीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेको बताए । उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आग्रह गरे ।


मेयर बालेनले काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार