सरकारलाई दिएको समर्थन फिर्ता लिन राजेन्द्र महतोको माग

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले तत्काल सरकारबाट बाहिरिने निर्णय गर्न पार्टीसमक्ष माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै महतोले बिहीबार महोत्तरी जिल्ला अदालतले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी बल नेपालका असई थमन बिकको हत्या आरोपमा पूर्व मन्त्री तथा मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मासहितका नेताहरुलाई जन्म कैदको सजाय सुनाएपछि महतोले उक्त फैसला दुर्भाग्यपूर्ण रहेको भन्दै विरोध जनाएका हुन् ।

‘शान्तिपुर्ण आन्दोलनलाई बन्दुकको नोकको बलमा दबाउन खोजियो, मधेसी जनता राज्यको आतंकको बिच पनि ६-६ महिना सम्म प्रतिरोध गरे तर पनि मधेसी जनताको सुनिएन’उनले भनेका छन् ।‘ हामी उक्त अधिकारको लडाइ अझै निष्कर्षमा पुर्याउन सकेका छैनौं । मधेसी जनता हारको मनोबिज्ञानमा बाचिरहनु पर्यो । पुनः थप आन्दोलनको तयारी थाल्नुपर्नेमा कता कता हामी मधेशी मोर्चाका सवै नेतृत्वकर्ताहरु अलमलिएको जस्तो भयो’ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महतोले भनेका छन्‘महोत्तरी जिल्ला अदालतले सुनाएको फैसला पस्चात जुन विकट स्थिति मधेशमा उत्तपन भएको छ यस्ले फेरी एकपटक त्यतिवेलाका आन्दोलन घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट संघर्ष समितिलाई जुन आज विभिन्न रूपमा छरिएर बसेको छ त्यसलाई सामुहिक रूपमा सरकार माथि दवाव बनाउन नैतिक दवाव सृजना गरेको छ। र लोकतान्त्रिक समाजवादी पार्टीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता गरि संघर्षको कार्यक्रम घोषणा गरि नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्दछ’ ।

बिहीबार महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो । हत्या अिभयोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरलाई भेन अदालतले सफाइ दिएको थियो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका थिए ।

अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद हुन्। उनीहरू महोत्तरी ३(१) बाट निर्वाचित भएका हुन्।

रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्। मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया !!!

ताजा समाचार