सिरहा । सिरहाको गोलबजार नगरपालिका– ४ बाहुन टोलका ५० वर्षीय प्रबिन कुमार कोइरालाको घरबाट करिब १० लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । उनको घरबाट बिहीबार दिउँसो चोरी भएको हो ।
![](https://risingmadhesh.com/wp-content/uploads/2023/12/5ca5423d413b634b061e183a7cd49c09.png)
घरमा कोही नभएको बेला नगद २० हजार रुपैयाँ, १० तोला बराबरको सुनको गरगहना र २५ तोला बराबरको चाँदीका गरगहना गरी उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ ।
चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।